पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

आज जनमत पार्टीले रंगभेदविरुद्धको एकता दिवस मनाउँदै

२०८० मंसिर १०, आईतबार ०९:३० बजे

जनकपुरधाम : जनमत पार्टीले आज रंगभेदविरुद्धको एकता दिवस मनाउँदैछ । पार्टीको संगठन रहेको तराई मधेसको २३ वटा जिल्लामा रंगभेदविरुद्धको दिवस मनाउने कार्यक्रम रहेको जनमत पार्टीका सविच बीपी साहले जानकारी दिएका छन् ।
२०७१ मंसिर १० गते काठमाडौंको सुन्धारामा राज्यबाटै मधेसी, थारु, आदिवासी र जनजातीसँग रंगको आधारमा विभेद हुँदै आएको दाबी गर्दै तत्कालिन स्वतन्त्र मधेस गठबन्धनका संयोजक तथा वर्तमान जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको नेतृत्वमा विशाल सभामा गरेको थियो ।
सोही क्रममा रंगकै आधारमा नेपाल प्रहरीले ४ सय ६५ जनालाई गिरफ्तार गरेको थियो । त्यही बेलादेखि स्वतन्त्र मधेस गठबन्धन र हाल जनमत पार्टीले यो दिवसलाई हरेक वर्ष मंसिर १० गतेको दिनमा मनाउँदै आएको छ ।
रंगभेद अन्त्य गर्न र राष्ट्रिय एकता तथा सद्भाव कायम गर्न रंगभेदविरूद्ध एकता दिवस मनाउँन प्रतिनिधि सभामा जनमत पार्टीका अध्यक्ष डा. राउतले संकल्प प्रस्ताव पनि दर्ता गराका छन् ।
उनले संसद् सचिवालयमा गत बिहिबार रंगभेदविरुद्धको एकता दिवस मनाउन र रंगभेद नगर्ने राष्ट्रिय संकल्प पनि लिन आवश्यक रहेको भन्दै संकल्प प्रस्ताव दर्ता गराएका हुन् । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७९ बमोजिम उनले संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।