पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

समानान्तर निर्माण सेवालाई कालोसूचीमा राख्न महानगरको सिफारिस

२०८० फाल्गुण २४, बिहीवार ०९:४१ बजे

काठमाडौं : समानान्तर निर्माण सेवा प्रालिलाई कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सिफारिस गरेको छ ।
तथ्य बंग्याई झुक्काई विवरण पेस गरेको भन्दै महानगरले तीन वर्षका लागि समानान्तर निर्माण सेवालाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो । महानगरले खोलेको ठेक्का प्रक्रियामा समानान्तरले बदनियतपूर्ण तरिकाले झुक्याएर कागजात पेस गरेको महानगरको भनाइ छ ।
महानगरको मूल्यांकन समितिले समानान्तर निर्माण सेवा प्रा.लिले पेस गरेको कागजात झुटो र गलत भएको पाइएपछि त्यसको प्रस्तावलाई नै रद्ध गर्ने निर्णय गरेको थियो । मूल्यांकनमा गलत गरेको देखिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कालोसूचीमा राख्न पत्र पठाएको महानगर स्रोतले जनाएको छ ।