पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

त्रिकोणात्मक टी–२० सिरिजः नेपालले दियो पीएनजीलाई १९९ रनको लक्ष्य

२०८० फाल्गुण २९, मङ्गलवार ०९:०३ बजे

काठमाडौं : हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मंगलबार जारी खेलमा नेपालले पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको हो ।
नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धसतक पूरा गरे । भुर्तेलले आउट हुनुअघि ३९ बल खेल्दै ५९ रन बनाए । उनले ४ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै जोरा २६ बलमा ५६ रनको योगदान दिए । उनको अर्धसतकमा ४ छक्का र ३ चौका सामेल छन् ।
लोकेश बमले ६ बलमा १४ रन बनाए । आउट हुनुअघि उनले २ छक्का प्रहार गरे। विवेक यादवले ४ बलमा १९ रन बनाउँदा ३ छक्का प्रहार गरे ।
आरिफ शेख ४ रन बनाएर बाहिरिए। यसअघि विनोद भण्डारी २७ र कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका थिए ।

नेपालले हङकङसँग पहिलो खेल वर्षाको कारण रद्ध भएपछि अंक बाँडेको थियो । यस खेल्ने जिते नेपाल फाइनल पुग्नेछ ।