काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सिआईबीले कास्की प्रहरीलाई जिम्मा लगाइएको छ । उनलाई कास्की प्रहरीले आइतवार मात्रै अदालतमा हाजिरी गराउने भएको छ।
स्वास्थ्य परीक्षण पछि लामिछानेलाई कास्की प्रहरीले आइतवार मात्र अदालतमा हाजिरी गराउने जनाएको हो । शनिवार अदालत बिदाका कारण एक दिन कास्की प्रहरीकै हिरासतमा राखिने भएको हो ।
रविलाई पोखरामा पुर्याएर कास्की प्रहरीको हिरासतमा राखेपछि रास्वपा उपाध्यक्षद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालसँगै रविपत्नी निकिता पौडेलले भेट गरेका थिए। त्यसअघि कार्यकर्ताले प्रहरी कार्यालयमा रविको पक्षमा नाराबाजी गरिरहेका थिए।