पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

२०८० चैत्र १६, शुक्रबार ०९:०४ बजे

बीबीसी : दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको ज्यान गएको छ ।
बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको बस बिहीबार अनियन्त्रित भएर दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।
बस पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खोँचमा खसेको थियो । बस खसेपछि आगलागी भएको थियो । दुर्घटनामा घाइते एक ८ वर्षीया बालिकाको भने जीवितै उद्धार गरिएको छ ।
घटनास्थलमा पुगेकी यातायात मन्त्री सिन्दिसिवे चिकुंगाले बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै सरकारले दुर्घटनाको कारणको बारेमा पूर्ण अनुसन्धान गर्न मद्दत गर्ने बताइन् ।