पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

‘पुष्पाः द रुल’ को पोस्टर टिजर सार्वजनिक

२०८० चैत्र २०, मङ्गलवार १९:०२ बजे

काठमाडौं- साउथ अभिनेता अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पाः द रुल’ को पोस्टर टिजर सार्भवजनिक एको छ।

निर्माण पक्षले फिल्मको पोस्टरसँगै टिजरको रिलिज मिति समेत सार्वजनिक गरेको छ । अल्लु अर्जुनको जन्मदिनमा निर्माण पक्षले यो फिल्मको टिजर रिलिज गर्नेछ । साउथ सुपरस्टार अल्लु अर्जुनले ८ अप्रिलमा आफ्नो ४२औं जन्मदिन मनाउने भएका छन् । यस अवसरलाई विशेष बनाउन पुष्प २ को टिमले फिल्मको दोस्रो टिजर रिलिज गर्न लागेको हो । यो फिल्म आगामी अगस्त १५ मा रिलिज हुँदैछ ।

यस अघि पुष्पा- द राइज २०२१ मा रिलिज भएको थियो । यो फिल्मले भारतीय बक्स अफिसमा बम्पर कमाई गरेको थियो ।