पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

रौतहट चन्द्रपुर-४ मिलनचोकमा एक पुरुषको शव फेला

२०८० कार्तिक ५, आईतबार २१:४१ बजे

रौतहट- रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मिलनचोकमा एक जना पुरुषको शव फेलापरेको छ ।

मिलनचोक स्थित जुगेश्वर राय यादवको घरमा बिगत ६ महिना देखि मिस्त्रीको काम गर्दै आइरहेका बर्ष ३५ का पेम्बाली शेर्पा सोही घरको भुईं तलामा मृत भेटिएका थिए।

दोलखाको जिरी घर भइ हाल चन्द्रनिगाहपुरमा बसि काम गर्दै आइरहेका मृतक शेर्पाको मृत्युको कारण खुल्न नसकेपनि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।