पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित पक्राउ परेका २ जना सुन तस्करीमा संलग्न

२०८१ वैशाख २८, शुक्रवार १२:४१ बजे

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रवार बिहान पक्राउ गरेको  २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विक सुन तस्करीमा संलग्न भएको खुलेको छ ।

आज शुक्रवार बिहान उनिहरुलाई स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित मालीगाउँबाट पक्राउ परेका २ जना यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरुलाई बा १३ च ४८५८ नम्बरको गाडीमा स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको थियो ।

 

प्रहरीका अनुसार पक्राउ परेका दुवैजना बुटवलका हुन् । दुवैजना यसअघि सुन तस्करीमा पक्राउ परेर छुटेका थिए ।