पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

वीरगंजमा लागूऔषध सहित एक भारतिय नागरिक पक्राउ

२०८० चैत्र २२, बिहीबार १९:०८ बजे

जलेश्वर सर्राफ 

वीरगंज- जिल्ला प्रहरी कार्यालय पर्साले लागू औषध सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ। 

भारतको मोतिहारी जिल्ला थाना हरपुर वडा न २ घर भएका बर्ष २६को राज करण साहलाई विशेष सुचनाको आधारमा भारतको रक्सौलबाट बि.आर ०५ ए.टी.७३२६ नम्बरको मोटरसाइकलमा तरकारी भित्र लागुऔषध लुकाइ छिपाइ लिएर आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

निजबाट प्रहरीले डाइजेपाम ईन्जेक्सन २०० पिस, नुरफिन ईन्जेक्सन २०० पिस र फेनारगन ईन्जेक्सन २०० पिस लागुऔषध बरामद गरेको छ ।

रक्सौलबाट वीरगंज महानगरपालिका वडा नं १५ फुलवारी टोलको बाटो भई आउँदै गरेको अवस्थामा साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।