पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

बंगलादेशी कार्गो जहाज समुद्री डाकूहरुको अपहरणमा

२०८० चैत्र १, बिहीवार ०९:३७ बजे

फाईल तस्वीर

काठमाडौं : हिन्द महासागरमा एक बंगलादेशी कार्गो जहाज समुद्री डाकूहरूले अपहरण गरेका छन ।
सोमालियाका डाकुहरूले अपहरण गरेका जहाजमा रहेका करिब २३ जनालाई बन्धक बनाइएको छ ।
सो जहाजका मालिकका अनुसार ‘एमभी अब्दुल्लाह’ नामको सो कार्गो जहाजले ५५ हजार टन कोइला बोकेर सोमालियाको दिशातर्फ गएको थियो । गत मंगलबार हिडेको सो कार्गो जहाज अचानक सोमालिया नजिक पुगे पछि समुद्री डाकुहरूले आक्रमण गरेका हुन ।
‘१५–२० सोमाली समुद्री डाकुहरूको समूहले जहाज अपहरण गरेका छन,’ सो जहाजका मालिक कबीर स्टिल रि–रोलिङ मिल्सका प्रमुख कार्यकारी अधिकृत मेहरुल करीमले भने ।
उनका अनुसार बल्क कमोडिटी क्यारियर मोजाम्बिकबाट संयुक्त अरब इमिरेट्सको लागि यात्रा गरिरहेको थियो र सोमालियाको राजधानी मोगादिसुबाट करिब ८ सय समुद्री माइल पूर्वमा हिन्द महासागरमा आक्रमण भएको समुद्री सुरक्षा फर्म एम्ब्रेले जनाएको छ ।

कबीर स्टिल रि–रोलिङ मिल्सले बन्धक बनाइएका चालक दलका एक सदस्यको अडियो सन्देश जारी गरेको छ । बन्दुकधारीहरू दुईवटा स्पीड बोटमा आएर जहाजमा चढ्ने क्रममा गोली चलाएको उनले बताए ।