पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

पशुपती क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन

२०८० फाल्गुन २५, शुक्रबार ०८:०० बजे

काठमाडौं : पशुपती क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाएर आजैदेखि लागु गरेको हो ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिए । उनीहरू आज राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्तरूपमा उक्त सुरक्षा योजना बनाइ लागु गरेको उनले बताए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा उक्त टोली खटिने छ । सो अवसरमा आपत्कालीन उद्धार टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिएको उनले बताए ।