पाठशाला न्यूज
 २०८१ बैशाख ७, शुक्रबार    

सेवाग्राहीहरुको धन लिएर धन लक्ष्मी फरार

२०७९ माघ १२, बिहीबार ११:४१ बजे

गौर–रौतहटको गौर नगरपालिकाको विपी चोकमा अवस्थित धन लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सर्वसाधारण सेवाग्राहीको रकम लिएर फरार भएको छ ।
सयौं सेवाग्राहीहरुको लाखैंं रकम लिएर धन लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका संचालक सहित कर्मचारीहरु फरार भएपछि सेवाग्राहीहरुको बिल्लीबाठ भएको हो । गौर नगरपालिका ७ की गायत्री देवी पासवानले दैनिकी गरेर दुई छोरीहरुको नाममा बचत गरेको १ लाख २६ हजार साबा रकम लिएर संचालक मनोज गिरी फरार भएको बताईन् ।
त्यस्तै सोही वडाका शेख सताको १ लाख ८ हजार, शेख जाजुको २ लाख ५० हजार, फेकन दर्जीको १ लाख ७० हजार, मोबारक दर्जीको १ लाख ३५ हजार, सुरेन्द्र साह तेलीको ३२ लाख गरी सयौं सेवाग्राहीहरुको करोडौं रकम लिएर संचालक गिरी फरार भएको पिडितहरुले जानकारी दिएका छन् ।
धनलक्ष्मि बचत ऋण सहकारी संस्थाका संचालकहरुलाई खोजतलास गर्दा विगत महिनौ देखि सम्पर्कमा नआएको पिडितहरुको भनाई रहेको छ ।