पाठशाला न्यूज
 २०८१ बैशाख १६, आईतबार    

नारी दिवस अवसर पारेर महिला हिंसा र विभेदप्रती गृह मन्त्रालयलाई ज्ञापन पत्र

२०८० फाल्गुन २५, शुक्रबार ११:४८ बजे

महोत्तरी : अखिल नेपाल महिला संघ महोत्तरीले महिला दिवसको अवसरमा गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।
जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय मार्फत महिला हिंसा र विभेदप्रती ध्यानाकर्षण गराउदै गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण हिस्सा रहेको महिलाहरु अझैपनी कार्यस्थलमा हुने यौनजन्य दुर्ववहार, बेचबिखन, ओसारपसारका साथै संस्कृति र परम्पराका नाममा हुने हिंसा र आधुनिक प्रबिधिको माध्यमवाट हुने हिंसामा प्रताडित वनिरहेकोप्रती ध्यानाकर्षण जनाईएको छ ।

समाजका संवेदनहिन क्रियाकलापले गर्दा महिलाहरु वाच्न पाउने अधिकारवाट समेत वन्चित हुनुपरेको वताउदै राज्य दायित्व निर्वाह गर्नवाट चुकेको अखिल नेपाल महिला संघ महोत्तरी कि अध्यक्ष सरस्वती चौधरीले वताईन । यिनै बिषय ध्यानाकर्षण गराउन पनि ज्ञापन पत्र दिनुपरेको अध्यक्ष चौधरीको भनाई छ । महिला आन्दोलनको परिणामस्वरूप महिला विरुद्ध हुने हिंसा नियन्त्रण र न्यूनीकरणका लागि सवैधानिक तथा कानुनी व्यवस्था भएतापनी अनुसन्धान प्रक्रियामा ढिलासुस्ती, कानुनी कार्यान्वयनमा आएको उदासिन्ताले पिडितले न्याय पाउने अवस्था न्यून देखिएकोप्रती महिला संघले गृहमन्त्रालयलाई ध्यानाकर्षण गराएको छ ।
विद्यालय, घर, कार्यालय, सार्वजनिक स्थल, कतैपनी महिलाहरुले सुरक्षाको अनुभूति गर्न नपाएको भन्दै उनिहरुले राज्यको जिम्मेवारीप्रती खवरदारी पनि गरेका छन ।
ज्ञापन पत्रमा महिलामाथी भएका हिंसा र अपराधजन्य क्रियाकलापको अभिलम्ब छानविन गरि पिडितहरुलाई न्याय र उचित क्षतिपूर्तिको व्यवस्था गर्ने कामलाई प्रभावकारी वनाउन जोडदार माग गरिएको छ ।
आर्थिक बर्ष २०७९\८० मा प्रहरीमा परेका उजुरीलाई मात्र हेर्दा घरेलु हिंसाका १६ हजार ५ सय १२ घटना दर्ता भएका छन । यसैगरी जवर्जस्ती करणीका घटना २ हजार ३ सय ८७, जवर्जस्ती करणी उधोगका घटना ५ सय १८, अपहरण तथा जवर्जस्ती करणिका घटना ५९ वटा, जवर्जस्ती करणी पछि हत्या गरिएका ५, बोक्सीको आरोपका घटना ४३ वटा, मानव बेचबिखनका घटना १ सय २४ वटा, वहुविवाहका घटना ७ सय २३, बालविवाहका घटना ५२ वटा, छुवाछूतका घटना २७ वटा, तेजाव हानेको घटना ३, अवैध गर्भपतनका घटना ३२ वटा छन ।