पाठशाला न्यूज
 २०८१ बैशाख १४, शुक्रबार    

चन्द्रपुरमा विश्व पर्यटन दिवस २०२२ मनाईने

२०७९ आश्विन ७, शुक्रबार १६:०१ बजे

दिपु मिश्र
रौतहट–रौतहटको चन्द्रनिगाहपुरमा विश्व पर्यटन दिवस २०२२ बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईने भएको छ ।
होटल तथा पर्यटन व्यवसायी संघ रौतहटले चन्द्रनिगाहपुरमा बिभिन्न कार्यक्रमको आयोजना गरी विश्व पर्यटन दिवस २०२२ मनाउने भएको हो । होटल तथा पर्यटन व्यवसायी संघ रौतहटका अध्यक्ष अरुण लामा तथा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको वरिष्ठ उपाध्यक्ष उदय नारायण सापकोटाको निर्णय र बिशेष पहलमा बिभिन्न कार्यक्रम गरी विश्व पर्यटन दिवस २०२२ मनाईने होटल तथा पर्यटन व्यवसायी संघ रौतहटका महा–सचिव मदन तिम्लसिनाले पाठशाला न्युजलाई जानकारी दिएका छन् ।
होटल तथा पर्यटन व्यवसायी संघ रौतहटको निर्णय अनुसार यही असोज ९ गते बिहान ७ बजे देखि चन्द्रनिगाहपुरको मुख्य चोक सरसफाई गरिने भएको छ । तेसैगरी असोज १० गते रेडियो गुञ्जन मार्फत पर्यटन सम्बन्धि कार्यक्रम संचालन गराईने भएको छ । तेसैगरी असोज ११ गते चन्द्रनिगाहपुर तल्लो बजार जन ज्योति माध्यामिक बिद्यालय अगाडिबाट चन्द्रनिगाहपुर मुख्य चोक सम्म सांस्कृतिक फेरी लगाई ब्यालुन उडाउने लगायतको कार्यक्रम रहेको होटल तथा पर्यटन व्यवसायी संघ रौतहटका अध्यक्ष लामाले जानकारी दिएका छन् । उनले विश्व पर्यटन दिवसको दिन होटलमा बसेका सम्पुर्ण सेवाग्राही (गेस्ट) लाई २५ प्रतिशत छुट गरिने बताएका छन् ।