पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

बि.स.२०८० साल १८ मंसिर सोमवार को राशिफल

२०८० मंसिर १८, सोमवार ०६:५६ बजे

२०८० मंसिर १८ गते, सोमवार,४ डिसेम्बर २०२३ । मार्ग कृष्ण सप्तमी तिथि । मघा नक्षत्र । चन्द्रराशि सिंह ।
मेष –ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ । व्यापार बढ्नाले मनग्य धन लाभ हुनेछ । चिताएका काम सम्पादन हुनेछन् । सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सहपाठीहरू पछि पर्नेछन्। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ ।
वृष –TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुहोला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग पनि सावधान रहनुहोला। केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ । प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ । कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्नेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ ।
मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । विभिन्न अवसरले सफलताको यश पनि दिलाउन सक्छ । भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ । कामले प्रतिष्ठा दिलाउनेछ । नियमित काम बने पनि आफ्नै सहयोगीहरू काममा बाधक बन्न सक्छन् ।
कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । तापनि बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । नीति–नियमलाई समयमै ध्यान दिनुहोला। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ ।
सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । पहिलेको सफलताले नयाँ कामतर्फ अग्रसर भइनेछ । आफ्नो अभियानमा साथ दिनेहरू बढ्नेछन् । सोचेजस्तै सफलता पनि मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । रचनात्मक काम गर्ने समय छ । रमाइलो जमघटका बीच भोजनको आनन्द प्राप्त हुनेछ ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ । फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ । खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला ।
तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ । सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन् । प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ ।
वृश्चिक –SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ । चिताएको काम अड्किनाले उद्देश्य प्राप्त गर्न समय लाग्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तत्काल फाइदा नहुने काममा अलमल हुनेछ । तापनि पछिका लागि पूर्वाधार तयार गर्न सकिनेछ ।
धनु –SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रयत्न गर्दा अवसर पाइनेछ । परोपकारी काममा सहभागी भइनेछ । मिहिनेत गर्दा राम्रै फाइदा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । शुभचिन्तकहरूले साथ दिनाले चुनौती समाप्त होला । काम देखाएर फाइदा उठाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ ।
मकर –CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ । टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । नयाँ अवसरले काममा उत्साह जगाउनेछ । व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ । रमाइलो यात्रा हुन सक्छ ।
मीन –PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ । ईर्ष्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन् । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । बाहिरी स्रोत जुट्नाले दिन उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष गर्नेहरूले हार खानेछन् । मिहिनेतले उपलब्धि दिलाउनेछ ।