पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

नेपाल उद्योग व्यापार महासंघको कोषाध्यक्षमा खड्का निर्वाचित

२०८० भाद्र २२, शुक्रवार ०९:३१ बजे

रौतहट–नेपाल उद्योग व्यापार महासंघ को प्रादेशिक भेला बाट चन्द्रपुर नगरपालिका वडा नम्बर एकका युवा व्यावसायी गौतम खड्का कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
खडका मधेश प्रदेशको कोषाध्यक्ष निर्वाचित भएका हुन । बागमती इन्टेरटेन्ट्मेन्ट प्रा.लि.का प्रोपाइटर तथा भरत ताल मोटर बोट व्यबसायी समितिका अध्यक्ष खड्का बिहिवार भएको भेलाबाट कोषाध्यक्षमा निर्वाचित भएका हुन । बागमतीमा पहिलो पटक बागमती इन्टेरटेन्ट्मेन्ट प्रा.लि.को नामबाट मोटर बोट संचालन गरेर यहाँका स्थानीय तथा बाहिरी पर्यटकलाई मनोरन्जन प्रदान गरेका खड्काले बागमती नगरपालिकामा ताल संचालनमा आएपछि त्यहाँ पनि मोटरबोट संचालन गरेर मनोरंञ्जन प्रदान गर्दै आएका छन् ।
स्थानीय युवाहरु माझ लोकप्रिय रहेका खड्काले उद्योग व्यावसायका माध्यमबाट यहाँको विकासमा योगदान पुर्याउदै आएका छन् ।