पाठशाला न्यूज
 २०८१ आषाढ २०, बिहीवार    

रसुवाबाट ल्याएको सुनसहित दुई जना पक्राउ

२०८० चैत्र १४, बुधवार १७:१५ बजे

काठमाडौं- रसुवा जिल्लाको केरुङ नाका हुँदै भन्सार छलीको सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी घर भएका २६ वर्षीय सुदिप बिक र गोरखा घर भएका ३९ वर्षीय सोनाम दोर्जे लामा रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अन्सुअर भन्सार छली सुनको तस्करी गरी काठमाडौँ प्रवेशको गोप्य सूचनाको आधारमा खटिएको विशेष अनुसन्धान टोलीले सोमबार साँझ काठमाडौँको नरदेवीबाट दुवैलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट बजार मुल्य अनुसार १३ लाख ९१ हजार १६० रुपैयाँ बराबरको अन्दाजी १२८.७ ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।