पाठशाला न्यूज
 २०८१ बैशाख २४, सोमबार    

भिस्वाको क्यासिनोमा जुवा खेल्दै गरेका चार जना नेपाली नागरिक पक्राउ

२०८० चैत्र ९, शुक्रबार २०:२५ बजे

जलेश्वर सर्राफ 

वीरगंज- वीरगंजको क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराइ जुवा खेलाइरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । 

वीरगंंज महानगरपालिकाको वडा नम्बर १५ स्थित होटेल भिस्वाको क्यासिनोमा नेपाली व्यक्तिहरूलाई अनाधिकृत रूपमा प्रवेश गराइ जुवा खेलाउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जानकारी गराएका छन्।

उनका अनुसार पक्राउ पर्नेमा क्यासिनोका कर्मचारीहरू कास्कीको पोखराका प्रताप लामा, सर्लाही बरहथवाका उमेश कार्की, वीरगंज नगवाका पप्पु सिंह पक्राउ परेका छन् । यस्तै वीरगंजकै वडा नम्बर ८ बस्ने वर्ष ४० को सुरज कुमार कलवारलाई क्यासिनोमा जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । 

विशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा तीन कर्मचारीसहित चार जनालाई पक्राउ गरिएको हो । 

पक्राउ परेका चारैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।