पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

पाकिस्तानमा रेल दुर्घटना : ३० जनाको मृत्यु

२०८० श्रावण २२, सोमवार ११:१५ बजे

काठमाडौं –पाकिस्तानको सिन्ध प्रान्तमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ । १०० जना घाइते भएका छन् ।
कराचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेसको रेल आइतबार दिउँसो सिन्ध प्रान्तको संघार जिल्लामा दुर्घटना भएको थियो ।
रेलको इन्जिन छुट्टिएपछि १० वटा डिब्बा पल्टिएको र ३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
पाकिस्तानका रेल मन्त्री ख्वाजा साद रफिकले पत्रकार सम्मेलन गरी दुर्घटनाबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन् ।