पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

आज २०८० साल,माघ ०४ गते बिहिवारको राशिफल

२०८० माघ ४, बिहीवार ०७:५५ बजे

२०८० माघ ४ गते,बिहीवार १८ जनवरी २०२४ । पौष शुक्लपक्ष अष्टमी । रेवती नक्षत्र,८ः२० बजेपछि अश्विनी । चन्द्रराशि मीन, ८ः२० बजेपछि मेष ।
मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मिहिनेतले मानसम्मान दिलाउनेछ । बोली र विचारका प्रशंसकहरू बढ्नेछन् । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । पहिलेका कमजोरी सच्याउने अवसर पनि प्राप्त हुनेछ ।
वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
करकापमा परी काममा जुट्नुपर्ने अवस्था रहनेछ । परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला । छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । अवसरका लागि भने केही दौडधुप गर्नुपर्ने देखिन्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ ।
मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह
काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ । नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ । समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । प्रयत्न गर्दा आम्दानीका स्रोत भने फेला पर्नेछन् । पछिका लागि लगानी गर्न सकिनेछ ।
कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउनेछ, कर्तव्यपरायण रहनुहोला ।
सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
चुनौतीका बीच अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा नयाँ काम थालनी हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । तर परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला । श्रम परे पनि उचित मूल्य प्राप्त हुनेछ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय लाग्नेछ ।
कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ । लगनशीलताले उपलब्धि हातलागी हुनेछ । काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ समेत हुनेछ ।

तुला –LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
घुमफिर तथा मनोरञ्जनपूर्ण आनन्द प्राप्त हुनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम गर्न सकिनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । व्यापारमा सफलता मिल्नेछ ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ ।
धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसर प्राप्त भए पनि काममा हातहाल्नुअघि समस्या आउन सक्छ । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । पेटको खराबीले स्वास्थ्य कमजोर हुन सक्छ । गुरुजनसँग मतभेद हुनाले अध्ययनमा पछि परिनेछ । समयको सदुपयोग गर्न नसकिएला । सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन् ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । धेरै फाइदा नहुने काममा समय बित्नेछ । नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन् । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ ।
कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।
मीन –PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
चिताएको काम बन्नुका साथै बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ ।