पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

ओडिआइ विश्वकप क्रिकेट २०२३: पाकिस्तानले बंगलादेशलाई पराजित गरि सेमिफाइनलमा सम्भावना जिवित राख्यो

२०८० कार्तिक १४, मङ्गलवार २१:४३ बजे

काठमाण्डौं- मंगलबार कोलकतामामा भएको आइसिसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ मा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ।

पाकिस्तान ६ अंक जोडेर अंक तालिकाको पाँचौ स्थानमा उक्लिएपछी यो जितसँगै पाकिस्तानको लागि सेमिफाइनलमा सम्भावना जीवित भएकोछ।

बंगलादेशले दिएको २०५ रनको लक्ष्य पाकिस्तानले ३२.३ ओभरमा ३ विकेट गुमाएर पार गर्‍यो। पाकिस्तानका लागि ओपनरद्वय अब्दुल्लाह शफिकीले ६८ रन र फखर जमानले ८१ रन जोडे। कप्तान बाबर अजाम ९ रनमा आउट हुँदा मोहमद रिजवानले नटआउट २६ रन र इफ्तिखर अहमेदले नटआउट १७ रन जोडे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ४५.१ ओभरमा २०४ रनमै अलआउट भयो।

बंगलादेशका लागि मोहमुदुल्लाहले सर्वाधिक ५६ रन, नाजमुल हुसेनले ४५ रन र कप्तान सबिक अल हसनले ४३ रन जोडेका थिए।