पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

महिला बालोन डी’ओर: स्पेन र बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमाटीलाई

२०८० कार्तिक १४, मङ्गलवार ११:२४ बजे

काठमाण्डौं- स्पेन र बार्सिलोनाकी मिडफिल्डर ऐताना बोनमाटीले पहिलो पटक महिला बालोन डी’ओर जितेकी छन् ।

25 वर्षीया किशोरीले आफ्नो क्लबलाई स्पेनिस च्याम्पियन्स लिगमा जित दिलाउन र उनको देशलाई ग्रीष्ममा विश्व कप जिताउन योगदान दिएकी थिइन।

उनी अगस्टमा युइएफएको वर्ष खेलाडीको अवार्ड पनि जित्न सफल भएकीथिइन् ।

यस अवार्डको दौडमा चेल्सी र अष्ट्रेलियाका साम केर दोस्रो, बार्सिलोना र स्पेनकी साल्मा पारालुलो तेस्रो र बार्सिलोना र स्वीडेनकी फ्रिडोलिना रोल्फो चौथो स्थानमा रहे।

अवार्ड थाप्दै बोनमाटीले आफु यस अवार्डबाट गौरवान्वित भएको बताएकी थिईन।