पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

गृहमन्त्री लामिछाने र जर्मन राजदूतबीच भेट

२०८० चैत्र २०, मङ्गलवार १५:५४ बजे

काठमाडौं- गृहमन्त्री रवि लामिछाने र नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्जबीच शिष्टाचार भेटघाट भएको छ। 

राजदूत प्रिन्जले नेपालको अध्यागमन प्रशासन सुधार गर्नका लागि अत्यावश्यक देखिएको ई-गेट निर्माणमा सहकार्य गर्न खोजिएको जानकारी दिए। उनले जर्मनी जान इच्छुक नेपाली विद्यार्थीका लागि अध्ययन र कामसँग सँगै गर्न मिल्ने गरी भोकेसनल ट्रेनिङ्मा पठाउने विषयमा श्रम, शिक्षा र गृह मन्त्रालयबीच समन्वय हुन नसक्दा अध्यागमनबाट फर्कन परेको गुनासो राखे।

गृहमन्त्री लामिछानेले अध्यागमनलाई अत्याधुनिक बनाई नेपाल भित्रने पर्यटकको आकर्षण र सीमा अपराध न्यूनीकरण गर्नका लागि समेत ई-गेट (सफ्टवयर र हार्डवयर) तर्फ सुधार आवश्यक भएकाले सो सम्बन्धमा अध्ययन र छलफल गरी निष्कर्षमा पुगिने बताए।

साथै, भोकेसनल ट्रेनिङ्गमा जान इच्छुक विद्यार्थीका लागि आवश्यक समन्वय गरी सहजीकरण गरिने बताए। राजदूत प्रिन्जले घनिष्ठ सम्बन्ध रहेको देशको नाताले अनन्तकालसम्म साझेदारी, समन्वय र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे।