पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

बि.स.२०८० साल,पौष ०४ गते बुधवारको राशिफल

२०८० पौष ४, बुधबार ०८:३४ बजे

बि.स.२०८० साल,पौष ०४ गते बुधवार, २० डिसेम्बर २०२३ । मार्ग शुक्लपक्ष अष्टमी तिथि, १३ः४४ बजेपछि नवमी । उत्तरभाद्रपदा नक्षत्र । चन्द्रराशि मीन ।
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । छर–छिमेकमा असमझदारी बढ्नेछ । उधारोमा व्यापार गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । स्वाभिमानका लागि लाभांश छोड्नुपर्ला । आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ ।
वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ । लगानीतर्फ लागत बढ्नेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । तापनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेत गर्दा कार्यसिद्धिको समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ । काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ, कर्तव्यपरायण रहनुहोला ।
कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । तत्काल फाइदा नभए पनि पछिका लागि सम्भावना खोजी गर्ने समय छ । आलस्य गर्ने प्रवृत्तिले पनि काममा पछि परिनेछ । कमजोरीका बाबजुद काँधमा जिम्मेवारी थपिनेछ । काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला । स्वास्थ्यका लागि आराम लिनुपर्ने अवस्था रहनेछ । धार्मिक अनुष्ठान र सेवामूलक, परोपकारी काममा मन रमाउनेछ ।
सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ । खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन् । काम बिग्रने भयले पनि सताउन सक्छ । तत्काल लाभ उठाउन नसकिए पनि पछिका लागि काम गर्न सकिनेछ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।
कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिवारजनको साथले उत्साह जगाउनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । व्यापार बढ्नाले आम्दानी पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ । रमाइलो यात्राको समेत मौका छ ।
तुला –LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।
वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थितिसँग सम्झौता गर्नुपर्दा समस्या पर्नेछ । अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । स्वास्थ्यमा हेलचेक्र्याइँ गर्दा अध्ययनमा समेत बाधा हुनेछ । चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ ।
धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्नेछ । योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउनेछन् । हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला । स्वयं नजुट्दा काम बिग्रनेछ ।
मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
दिन रमाइलो र उत्साहपूर्ण रहनेछ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ भने विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ । मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश लिने अवसर छ ।
मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
चिताएको काम बन्नाले नयाँँ काम सुरु हुनेछ । सुन्दर पहिरनले व्यक्तित्व निखार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । कीर्तिमानी कामको यश लिने मौका छ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । व्यापारमा राम्रो फाइदा हुनेछ । साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ ।

(राशिफलले जे–जस्तो भनेपनि तपाईहरुको दिन शुभ रहोस्)