पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक खत्रीको मृत्यु

२०८० फाल्गुण २८, सोमवार १०:०२ बजे

काठमाडौँ : काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जिवन श्रेष्ठले बताए ।
फागुन २० मा जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट उनि घाइते भएका थिए । उपचारको क्रममा आइतबार उनको मृत्यु भएको हो । दुर्घटना गराउने बसका चालक नवराज गिरीलाई प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

यस अघि सइ खत्री जिल्ला ट्राफिक कार्यालय रौतहट चन्द्रनिगाहपुरमा लामो समय सम्म कार्यरत थिए ।