पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

इन्जिनियरका मुद्दाले पायो कांग्रेस महासमितिमा प्रवेश

२०८० फाल्गुन १०, बिहीबार १३:४६ बजे

काठमाडौं- ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा पहिलोपटक इन्जिनियरहरुका मुद्दाले स्थान पाएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको सांगठनिक र समसायिक प्रस्तावमा शुभेच्छुक संस्था र विकास निर्माण कार्यहरू तीन सिफ्टमा सञ्चालन गर्ने भन्ने दफाहरु उपर छलफल गर्ने क्रममा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बाट प्रतिनिधत्व गर्ने महासमिति सदस्य इ.प्रकाश केसीले आफ्नो प्रस्तावहरु राखेका हुन् ।

उनले इन्जिनियरिङ क्षेत्रका सम्बन्धमा इन्जिनियरहरको क्षमता अभिबृद्धिकालागि इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नुपर्ने, निजी तथा गैर सरकारी क्षेत्रमा कार्यरत इन्जिनियर र आर्किटेक्टहरुको न्युनतम पारिश्रमिकमा एकरुपता कायम गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मापदण्डलाई ध्यानमा राखी राज्यस्तरबाट नै न्युनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने प्रस्तावहरु राखेका छन्।

त्यस्तै, योजना आयोग ,अर्थमन्त्रालय जस्ता महत्वपूर्ण निकायहरुमा अनिवार्य रुपमा इन्जिनियरकै नेत्रत्वमा छुट्टै प्राविधिक शाखा स्थापना गर्नुपर्ने, स्थानिय सरकारका कार्यकारी अधिकृत इन्जिनियर राख्नुपर्ने र नेपाली कांग्रेसमा र पार्टीबाट प्रतिनिधत्व गर्ने हरेक निकायहरुमा २० प्रतिशत पेशागत क्षेत्रबाट बैधानिक व्यवस्था गर्नुपर्ने प्रस्तावहरु महासमिति बैठकमा राखिएको छ ।