पाठशाला न्यूज
 २०८१ बैशाख २४, सोमबार    

कृषि मन्त्रालयका सहसचिव डा.कमलराज गैरे जागिरबाट बर्खास्त

२०८१ बैशाख १४, शुक्रबार ११:५० बजे

काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशन गरी ०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै सहसचिव डा. कमलराज गैरेलाई जागिरबाट बर्खास्त गरेको छ।

निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाबाट हटाइएको मन्त्रालयको सूचनामा भनिएको छ ।

निजामती सेवा ऐनमा ९० दिनभन्दा बढी गैरहाजिर कर्मचारीलाई सफाइ पेश गर्न समय दिने र उक्त अवधिमा चित्त बुझ्दो प्रष्टीकरण नआएमा वा सम्पर्क नगरेमा जागिरबाट बर्खास्त गर्न सकिने व्यवस्था छ ।