पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

भन्सारको लुटविरुद्ध आजपाको भेला

२०८० फाल्गुन ४, शुक्रबार १७:०४ बजे

काठमाडौं-  आम जनता पार्टीले भन्सारको लुटविरुद्ध भेलाको आयोजना गरेको छ । 

शुक्रबार रौतहटको गौरमा आजपाले भन्सारको लुटकारी प्रावधान हटाउन भन्दै भेला तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।  

भन्सार छलि नियन्त्रणको नाममा भइरहेको लुट रोक्न संघर्ष गर्ने प्रतिबद्धता जनाएको भेलाले रामसेवक ठाकुरको अध्यक्षतामा ५१ सदस्यीय नगरकमिटी सर्वसहमत रुपमा चयन गरेको छ ।