पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

सत्ता गठबन्धनका चार दलको बैठक बालुवाटारमा सुरु

२०८० पौष २२, आईतबार ०९:४४ बजे

काठमाडौं : सत्ता गठबन्धन राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन जुटेको छ । गठबन्धन दलका नेताहरुबीच बालुवटारमा छलफल सुरु भएको हो ।
अहिले कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीका नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
गएराति अबेरसम्म बसेको बैठकमा सहमति नजिक पुगेको बताइएको छ । अन्तिम निर्णय गर्न आज फेरी बसेको हो।
बैठकमा प्रमुख दलहरूले बढी सिटमा दाबी गरेपछि टुंगोमा पुग्न नसकेको हो । बैठकमा कांग्रेसले ११, माओवादीले ६, एकीकृत समाजवादी र जसपाले ३–३, जनमत, लोसपा, नागरिक उन्मुक्तिले १–१ सिट दाबी गरेका छन् ।
सातै प्रदेशमा पुस २३ गते भोलि उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ ।