पाठशाला न्यूज
 २०८१ बैशाख २९, शनिबार    

रौतहटमा ट्राफिक व्यवस्थापन सुदृढ,दुर्घटनामा मृत्यु हुनेको संख्यामा कमी

२०८० श्रावण २, मंगलबार २२:५४ बजे

रौतहट– रौतहटमा गत आर्थिक वर्ष सवारी दुर्घटनामा झन्डै १० प्रतिशत ,घाइतेमा साढे १० प्रतिशत र दुर्घटनामा मृत्यु हुनेमा ३० प्रतिशतले कमी भएको जिल्ला ट्राफिक कार्यालय रौतहटले जनाएको छ ।

आर्थिक वर्ष २०७९÷०८०मा जिल्लाभरि ६४५ दुर्घटनामा परेर एक हजार ४७ जना मानिस घाइते भएका थिए भने ५० जनाको मृत्यु भएको जनाइएको छ । जबकि अघिल्लो आर्थिक वर्षमा जिल्लाभरि कुल ७१३ सवारी दुर्घटनामा परेर ११ सय ७१ जना घाइते र ७२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको तथ्यांकमा उल्लेख छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक नियम विपरीत चलेका कुल ३८ हजार पाँच सय ८२ सवारी साधनलाई गत आर्थिक वर्ष कारबाही गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख विमला कुमारी कठायतका अनुसार गएको आर्थिक वर्षमा सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् ।

पछिल्लो समय रौतहटमा ट्राफिक राजस्वमा ६८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ६८ प्रतिशतले ट्राफिक राजस्व वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

आर्थिक वर्ष २०७९/०८० मा नियम विपरीत सञ्चालित सवारी साधनलाई गरिएको कारबाहीबाट तीन करोड १० लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको हो । यो राजस्व आर्थिक वर्ष २०७८÷०७९ को तुलनामा १ करोड २२ लाख बढी हो ।