पाठशाला न्यूज
 २०८१ आषाढ १८, मङ्गलवार    

इन्टर मियामीको कमब्याक जित

२०८१ वैशाख ३०, आइतवार ०८:४९ बजे

काठमाडौं- अमेरिकन लिग सकर अन्तर्ग इन्टर मियामीले अर्को जित हासिल गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले मोन्टरियललाई ३-२ गोल अन्तरले पराजित गरेको हो । २-० गोलले पछि परेको इन्टर मियामीले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।

इन्टर मियामीको जितमा माटिस रोजास, लुइस स्वरेज र बेन्जामिन क्रेमासचीले एक एक गोल गरेका थिए ।

यसअघि मोन्टरियलका लागि ब्रेस डुक र जुलेज एन्थोनी भिलसान्टले एक एक गोल गरेका थिए ।

यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा १३ खेलमा २७ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यसैगरी मोन्टरियलको भने ११ खेलमा १२ अंक रहेको छ र १२औं स्थानमा छ ।