पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

पिएसजीलाई फ्रेन्च लिग उपाधि

२०८१ वैशाख १८, मङ्गलवार ०६:४१ बजे

काठमाडौं- पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ ।

गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो।

पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको भन्दा १२ अंकले अगाडि रहेको थियो । तर मोनाकोको हारसँगै पिएसजीको उपाधि पक्का भएको हो ।

पिएसजीको ३१ खेलमा ७० अंक रहेको छ । दोस्रो स्थानमा रहेको मोनाकोको समान ३१ खेलमा ५८ अंक छ ।

पिएसजी लिगमा एक खेलमा मात्र हार व्यहोरेको छ । गत सेप्टेम्बरमा निस विरुद्ध ३-२ ले हार बेहोर्नु बाहेक साविक विजेता पिएसजीले हार व्यहोरेको छैन ।

पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा समेत प्रवेश गरिसकेको छ ।