पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

६० किलो सुन प्रकरणमा भन्सारका मूल्याङ्कन अधिकृत पौडेल पक्राउ

२०८० भाद्र १३, बुधवार १७:१३ बजे

काठमाडौं–६० किलो सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका मूल्याङ्कन अधिकृत गणेश पौडेल पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाल्पा स्थायी ठेगाना भएका विमानस्थल भन्सारका भन्सार मूल्याङ्कन अधिकृत गणेश पौडेललाई पक्राउ गरेको हो ।
सुन प्रकरणमा अहिलेसम्म राम कुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग र गणेश पौडेल पक्राउ छन् ।