पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

सर्वोच्च अदालतमा नियुक्त ६ न्यायाधीशले लिए शपथ

२०८० पौष ५, बिहीवार २१:१२ बजे

काठमाडौँ : सर्वोच्च अदालतमा नियुक्त ६ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
पद तथा गोपनीयताको शपथ लिनुहुने न्यायाधीशहरुमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल हुछन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उनीहरुलाई न्यायाधीश पदमा नियुक्ति गरेका थिए ।
बुधबार नै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम अनुमोदन गरेको थियो ।