पाठशाला न्यूज
 २०८१ बैशाख ७, शुक्रबार    

मधेश प्रदेशकै पहिलो चन्द्रपुरमा खुल्यो जग्गाको कित्ताकाट र रजिष्ट्रेसन

२०७९ पौष १४, बिहीबार १४:४६ बजे

दिपु मिश्र
चन्द्रनिगाहपुर–रौतहटको चन्द्रपुर नगरपालिकामा मधेश प्रदेशकै पहिलो जग्गाको कित्ताकांट र मालपोत रजिष्ट्रेसन खुलेको छ ।
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेको बिशेष पहलमा चन्द्रपुर नगरपालिकामा मधेश प्रदेशकै पहिलो जग्गाको कित्ताकाट र मालपोत रजिष्ट्रेसन खुलेको हो । गत असोज १३ गते बसेको कार्यपालिका बैठकले चन्द्रपुर नगरपालिकाको जग्गालाई व्यापारीक क्षेत्र,आवासिय क्षेत्र र कृषि क्षेत्रमा वर्गिकरण गरि कित्ताकाट र जग्गा रजिष्ट्रेसन गर्न मालपोत कार्यालय र नापी कार्यालय चन्द्रनिगाहपुर शाखालाई पत्रचार गरेको थियो । सो बमोजिम नगरपालिकाले लामो समयदेखि बन्द गरिएको जग्गाको कित्ताकाट र मालपोत रजिष्ट्रेसन काम सुरु गरिएको मालपोत कार्यालय चन्द्रनिगाहपुरका कार्यालयका प्रमुख रोशन श्रेष्ठले जानकारी दिएका छन् । बिभागीय समस्याले मंसिर २३ गते देखि छोटो समयको लागि बन्द गरिएको जग्गाको कित्ताकाट र मालपोत रजिष्ट्रेसन पु:न खोलिएको तथा जनताले सेवा पाईरहेको मालपोत कार्यालयका प्रमुख श्रेष्ठले बताए ।
चन्दपुर नगरपालिका चन्द्रनिगाहपुरको पुर्व पश्चिम राजमार्ग र चन्द्रपुर गौर सडक क्षेत्रलाई व्यापारीक क्षेत्र,चन्द्रपुर नगरपालिकाका १० बटै वडामा रहेका विभिन्न सडकहरुको दाया बाया १०० मिटरसम्म छुने कित्तालाई आवास क्षेत्र र व्यापारीक र आवाशिय क्षेत्र बाहेकका कित्ताहरुलाई कृषि क्षेत्रको रुपमा वर्गिकरण गरिएको चन्द्रपु्र नगरपालिकाका नगर प्रमख संजय कुमार काफ्लेले जानकारी दिएका छन् । उनले यस बाहेक अंशबण्डा गर्ने र साध सिमाना मिलान गर्ने कार्य जुनसुकै विर्गिकरणमा परेपनि गर्न सकिने बताए ।