पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

रौतहट ट्राफिक इन्स्पेक्ट कठायत सहित ३ जना सम्मानित

२०८० असार १७, आईतबार २१:११ बजे

रौतहट–रौतहटकी ट्राफिक इन्स्पेक्ट सहित ३ जना सम्मानित भएका छन् ।
मधेस प्रदेशमा उत्कृष्ट हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटकी प्रमुख इन्स्पेक्टर विमला कुमारी कठायत, प्रदेश ट्राफिक प्रमुख कार्यालय पथलैयामा कार्यरत असई दीपक कुमार बस्नेत र ट्राफिक प्रहरी पर्सामा कार्यरत सहायक हवलदार राजकुमार कलवार नगद पुरस्कार सहित कदरपत्रबाट सम्मानित भएका हुन् ।
शनिबार ढल्केवर स्थित नाडाका अध्यक्ष डाक्टर ध्रुव थापा, अटमोवाईलस एसोसिएसन नेपालका अध्यक्ष केदार अग्रवाल र मधेस प्रदेश ट्राफिक प्रमुख एसपी सन्तोष कुमार भट्टराईले संयुक्त रूपमा १० हजार नगद सहित कदर पत्रबाट उहाहरूलाई सम्मानित गरिएको थियो ।
इन्स्पेक्टर कठायत लगायत तीनै जना ट्राफिक सेवामा रही पु¥याएको विशेष योगदानको उच्च मुल्यांङ्कन सहित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया वाराका प्रमुख एसपी सन्तोष कुमार भट्टराईले उक्त पुरस्कारको लागि नाम सिफारिस गरेका थिए । मधेस प्रदेशले प्रत्येक वर्ष ट्राफिक प्रहरीमा उत्कृष्ट हुने ३ जनालाई सम्मानित गर्दै आएको ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।