पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

आज नेपाल र पपुवा न्युगिनी उपाधिका लागि भिड्दै

२०८० फाल्गुन ३०, बुधबार ०७:३८ बजे

काठमाडौं : हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि बुधबार नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बीच भिडन्त हुँदैछ । नेपाल र पीएनजीबीचको फाइनल खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।
त्यसअघि आजै बिहान हङकङ र हङकङको ‘ए’ टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । मंगलबार नेपालले पीएनजीलाई र पीएनजीले हङकङलाई पराजित गर्दै दुवै टोलीले फाइनलमा स्थान पक्का गरेका थिए । नेपालले पीएनजीलाई ८२ रनले हराएको थियो भने पीएनजीले घरेलु टोली हङकङलाई १० विकेटले जितेको थियो ।
नेपालका ब्याटर कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा नेपाललाई पीएनजीमाथि सहज जित हासिल गरेको थियो । भुर्तेलले ब्याटिङतर्फ ५९ रन बनाएका थिए भने बलिङतर्फ ४ विकेट लिएका थिए । यस्तै सन्दीप जोराले विष्फोटक अर्धसतक बनाएका थिए ।
यस्तै अर्को खेलमा पीएनजी सामु हङकङ निरीह बनेको थियो। टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हङकङले १८.३ ओभरमा अलआउट हुनुअघि एक सय २१ रन मात्र बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १२.४ ओभरमै कुनै पनि विकेट नगुमाई एक सय २४ रन बनाउँदै विजय लक्ष्य पार गर्यो । पीएनजीलाई दुवै ओपनरले नै जितसम्म डोर्याएका थिए । पीएनजीका दुवै ओपनरले अर्धशतक बनाए ।