पाठशाला न्यूज
 २०८१ वैशाख ३१, सोमवार    

तिन नम्बर प्याकेजमा पुल निमार्णको कार्य तिब्र गतीमा,अलपत्र भनी छापीयो झुठो समाचार

२०८० श्रावण १६, मङ्गलवार १८:४२ बजे

रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर –८ स्थित रेल्वे ट्रयाकवेडमा निमार्णधिन पुल एकदमै गुणस्तरीय रहेको स्थानियहरुले जानकारी दिएका छन् ।
बर्षाको मौसममा निर्माण कार्य सहज नभएको हुदा पुल निमार्णको कामलाई केहि समयलाई स्थगित गरि साईडका अन्य कार्यहरु भैरहेको थियो । हाल आएर केहि दिन यता सो पुलको निमार्णकार्य तिब्र गतिमा भैरहेको रौताह\हिम्डुङ्ग एण्ड थोकर\कन्काईजेभिका ठेकेदार शिवहरी घिमिरेले जानकारी दिएका छन् । साथै निमार्ण कार्य भैरहेको साईडका सम्बन्धित रेल्बेका सरकारी सुपरभाईजर प्राविधिक श्याम श्रेष्ठले बताएका छन् ।
सो ट्रयाकबेडमा केही महिना अगाडि ९७ मिटर लम्बाई साढे ११ मिटर चौडाइ, ५ मिटर उचाइको सो आरयुबी ( पुल ) को पिसिसी, रयाप, डन्डीको काम सम्पन्न गरिएको ठेकेदार घिमिरेले जानकारी दिएका छन् ।
मंगलबार एक अनलाईनमा रौतहटका एक पत्रकारले अलपत्र छाडिएको रडमा खिया ,सम्बन्धित निकाय मौन भन्ने झुठो समाचार शिर्षक हालेर समाचार लेखेका छन् । तत्कालै पाठशाला न्युजका समाचारदाता सो निमार्णधिन साईडमा निरीक्षण गर्न जादा पुल निमार्णको कार्य भैरहेको पाईएको थियो । साथैे सो अनलाईनमा प्रकाशित समाचारमा सत्यता नरहेको ठेकेदार घिमिरेले पाठशाला न्युजलाई जानकारी दिएका छन् । रौतहटको सो स्थानको तिन नम्बर प्याकेजमा एकदमै गुणस्तरीय निमार्ण कार्य भैरहेको ईन्जिनियर श्रेष्ठले जानकारी दिएका छन् ।


तर केही समय यता रेल्बे ट्रयाकवेड निमार्णका बिभिन्न प्याकेजका निमार्ण व्यवसायीहरुलाई रौतहटका केही पत्रकारहरुले मोटो रकम कमिसन मागी पटक–पटक दुख दिईरहेको तथा निमार्णमा भएका कार्यहरुलाई गुणस्तहीन भनी छापिदिने धम्की दिने गरेको पाईएको छ । यसको जल्दो बल्दो उदाहरणको लागि सोही ट्रयाकवेड निमार्णको प्याकेज नम्बर चार को गौर सडकखण्ड देखि चादिँ नदी सम्म छुने ट्रयाकवेड गुणस्तरहिन छ भनी पटक–पटक समाचार आईरहदा रेल्वे बिभागले सो स्थानमा तत्कालै परिक्षण गर्दा ट्रयाकवेडको कमप्याक्सन रिपोर्ट मापदण्ड भन्दापनि गुणस्तरीय पाईएको थियो ।
यसरी गुणस्तरीय काममा पनि पटक–पटक मोटो रकम अशुल्ने दाउमा निमार्ण सम्बद्ध सरकारी निकाय र निमार्ण व्यवसायिलाई दुख दिईरहदा विकास निमार्णकार्यमा बाधा पुग्नजाने निमार्ण व्यवसायीहरु बताउछन् ।