पाठशाला न्यूज
 २०८१ बैशाख २४, सोमबार    

सई शिवजि प्रसाद यादवको चलखेलमा तस्करहरुको बिगबिगी

२०८० माघ २२, सोमबार ०९:५० बजे

जलेश्वर सर्राफ 

वीरगंज- पर्सा, बारा र भारतको सिमा नाका बाट निर्विवाद रूपमा व्यापक तस्करी भईरहेको गुनासो स्थानियहरुले गरेका छन् । 

बलिरामपुरको मुसहर्वा नाका बाट भारतको रक्सौल हुँदै सहज रूपमा पर्सा र बाराको बिभिन्न नाकाबाट व्यापारिक नगरीहरु जितपुर , परवानिपुर , सिमरा नारायणघाट हुँदै देशका विभिन्न भागमा तस्करी हुँदैआएको एक श्रोतले बताएको छ।

श्रोतका अनुसार बलिरामपुरका कुख्यात तस्करहरु पवन गुप्ताले धान , सन्तोष साह तुराहा ,सुरेन्द्र साह , अनौती लाल महतो , लाल बाबू महतो , नरेस दास , राजेस साह तुराहाहरुले कपडा तस्करी, उमेस पटेल र लक्ष्मण साह माछाको तस्करी सञ्चालन गर्दै आएकाछन् भने सम्भु साह र प्रदिप साहले फुलको तस्करी गर्दै आएकाछन् । 

त्यसै गरि मुसहर्वा नाका बाट सकिल अहमद , सुरेन्द्र साह कलवारले प्याजको व्यापक तस्करी गर्दै आएकाछन् । 

माथी उल्लेखित सम्पुर्ण तस्करहरुले नाकामा सुरक्षा र शान्ति व्यवस्थापनको जिम्मेवारी पाएका नेपाल प्रहरीका प्रहरी नायब निरिक्षक शिवजी प्रसाद यादवले मासिक लाखौ रकम असुल गरि तस्करहरुलाई कपडाको लागि राती १० बजे पछि लाइन दिएका छन् भने धान , माछा र फुलको लाइन बिहान ४ बजे देखि सञ्चालन गर्दै आएको नाम नबताउने सर्तमा एक सशस्त्र प्रहरीका जवानले बताएका छन् । 

नेपाल प्रहरिका नायब निरीक्षक शिवजी यादवलाई तस्करहरुले नजराना बुझाउँदा माल समाउने डर प्रकट गर्दा शिवजि यादवले आफुले प्रदेश प्रहरी देखि जिल्ला सम्म सबै सेट्टिङ्ग मिलाईसकेको र तपाईहरुको माल कुनै हालतमा कसैले पनि नसमाउने भनि विस्वस्त पारी तस्करहरुसँग पैसा उठाउने गरेका छन् । तर सिमा प्रहरी बल पर्साले तस्कर अनौती लालले तस्करी गरि ल्याएको करिब ३६ लाख ३९ हजार ९ सय बराबरको बिभिन कस्मेटिक तथा चप्पल सहितको समान गत १६ गते पर्साको भुटन देबि बाट पक्राउ गरे थियो । 

सिमा प्रहरी बलले ठूलो परिणामको माल समान पक्राउ गर्दा एक दिनको लागि लाइन रोकेका थिए। र आफुले जनपथ प्रहरिको जिम्मा मात्र लिएको र सशस्त्र प्रहरीकालाई पनि मिलाउने भन्दै सशस्त्र प्रहरिको नाममा रकम असुल गरेर पुनः लाइन बिहिबार बिहान देखि सञ्चालन गरेको नाम उल्लेख नगर्ने शर्तमा एक श्राेतले बताएका छन्। 

यस विषयमा प्रहरी नायाब निरीक्षकलाई सम्पर्क गरि प्रतिक्रिया लिदा आफुहरुलाई यस विषयमा केही थाहा नभएको भन्दै फोन काटेका थिए । 

उनले यस्तो प्रतिक्रिया दिदा पनि दिनहुँ जस्तो सशस्त्र प्रहरिले उनको एरियाबाट लाखौको माल समान बरामद गर्नुलाई सहजै उनको भनाइ र गराई लाई छुटयाउन सक्छन् भनि स्थानियहरु बताउँछन्। 

बारा र पर्साका एसपी र प्रदेश प्रमुखको नाम सिमामा बेच्दै मासिक लाखौ रकम तस्करबाट खाने प्रहरी शिवजिलाई विभागले कस्तो छानबिन गर्ने हो भन्ने हेर्न बाँकी छ । 

त्यसैगरी पर्साको अर्को नाका जानकीटोलाबाट पनि निर्विवाद रूपमा तस्करी भईरहेको खवर प्राप्त भएको छ। जानकीटोलाका स.ई तिर्थराज विष्टका अनुसार पहिला पहिला यहाँबाट तस्करी हुन्थ्यो तर म अहिले आएपछि तस्करीका सामान पक्रेर भन्सार बुझाउन थालेपछि अहिले तस्करी रोकिएको छ भनेर बताउँछन्। 

स्थानियहरुले भने यस्तो गतिबिधि नरोकिए तस्करहरुले देशको आर्थिक विकासमा नकारात्मक धक्का दिने भनि गुनासो गर्दै आएका छन्।