पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

दुर्गा प्रसाईंका अंगरक्षकरुलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

२०८० चैत्र १३, मङ्गलवार १९:४४ बजे

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंका २ जना अंगरक्षकलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रहरीले ५ चैतमा हतियार सहित सर्वोच्च अदालत प्रवेश गरेका प्रसाईंका अंगरक्षकद्धय रामकुमार धिमाल र दीपक खड्कालाई छाड्न आदेश दिएको हो । मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले उक्त आदेश जारी गरेको हो ।

प्रसाईका अंगरक्षकद्वयका साथबाट लाइसेन्स प्राप्त हतियार, त्यसमा लाग्ने १ सय राउण्ड गोली समेत बरामद भएको थियो । पक्राउ परे पश्चात निजहरूको तर्फबाट लाइसेन्स सहितको हतियार बोक्दा प्रहरीले पक्राउ गरेका भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको थियो ।

आदेशमा हतियार बोक्न पाउने लाइसेन्स खड्काको नाममा थियो । तर अदालत प्रवेश गर्दा हतियार भित्र लैजान नपाइने भएकाले अर्का बडिगार्ड धिमाललाई बोक्न दिनुलाई अन्यथा भन्न नमिल्ने अदालतले तर्क गरेको छ ।

साथै इजाजत लिएर सर्तसहित हतियार बोकी हिंडेको कार्यलाई प्रचलित कानूनले कसुर गरेको नदेखिएको आदेशमा उल्लेख गरिएको छ