पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

ओडिआइ विश्वकप क्रिकेट २०२३: विराटको उत्कृष्ट प्रदर्शनमा भारतले बंगलादेशलाई सात विकेटले पराजित गर्यो

२०८० कार्तिक ३, शुक्रवार ०१:१२ बजे

काठमाडौं- विराट कोहलीको अविजित उत्कृष्ट शतकको मद्दतले भारतले बिहीबार पुनेमा बंगलादेशलाई ७ विकेटले पराजित गर्दै विश्वकपका चार खेलमा ८ अंक सहित चौथो जित दर्ता गरेको छ ।

अलराउन्डर हार्दिक पाण्ड्या आफ्नो पहिलो ओभर बलिङ गर्ने क्रममा घुँडामा चोट लागि मैदानबाट बाहिरिएपछि विश्वकप क्रिकेटमा बंगलादेश विरुद्धको खेलको सुरुमै भारतलाई ठूलो झट्का लागेको थियो । त्यसपछि ६ वर्षपछि पहिलो पटक ओडीआईमा बलिङ गर्दै कोहलीले पाण्ड्याको ओभर पूरा गरे।

जितका लागि २ सय ५७ रनको लक्ष्य पाएको भारतले ४१.३ ओभरमा ३ विकेट गुमाएर २ सय ६१ रन बनायो । कोहलीले नटआउट रहेर ९७ बलमा १ सय ३ रन बनाए । उनले छक्कासँगै विजयी रन पूरा गरे । विराटको ब्याटबाट ६ चौका र ४ चौका निस्केको थियो । नटआउट अर्को ब्याटर केएल राहुलले ३४ रनको योगदान दिए ।

घरेलु टिमका लागि कप्तान रोहित शर्माले ४० बलमा ४८ रन बनाए । अर्का ओपनर शुभमन गिलले ५५ बलमा ५३ रन बनाउँदै आफ्नो अर्धशतक पूरा गरे । नटआउट अर्को ब्याटर केएल राहुलले रनको योगदान दिए ।

त्यस अगाडि पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटमा २ सय ५६ रन बनाएको थियो । उसका लागि पनि दुवै ओपनर लयमा रहे । तानजिद हसनले ५१ र लिप्टन दासले ६६ रन बनाए । त्यसपछि नियमित विकेट गुमाएको बंगलादेशका लागि तल्लो मध्यक्रमका ब्याटर महमुदुल्लाहले ३६ बलमा ४६ रन थपे । बंगलादेशको भने यो चौथो खेलमा तेस्रो हार हो ।

तेश्रो विश्वकप उपाधि जित्ने भारतको प्रयास आइतबार धर्मशालामा न्यूजिल्याण्डसँग जारी छ भने मंगलबार मुम्बईमा बंगलादेशले दक्षिण अफ्रिकाको सामना गर्नेछ।