पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

काठमाडौंमा आज कुन-कुन स्थानमा विद्युत् अवरुद्ध हुने?

२०८१ वैशाख २३, आइतवार ०८:०६ बजे

काठमाडौं-काठमाडौंका विभिन्न स्थानमा आइतवारबाट विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

शनिबार सूचना जारी गर्दे प्राधिकरणले कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो।

यी क्षेत्रहरूमा आइतबारदेखि वैशाख २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।