पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

वीरगन्जका मेयर सिंहको छोरी मात्र नक्कली,कागज सबै सक्कली

२०८० पौष २७, शुक्रबार १०:१० बजे

वीरगञ्ज : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ‘नक्कली छोरी’ बनाई नागरिकता दिलाएको आरोप पुष्टि हुने सबै कागजातहरू सक्कली भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
रुबिना श्रेष्ठ भन्ने युवतीलाई मेयर सिंहले नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा परेको उजुरीका आधारमा छानबिन गर्दा बाहिरिएका सबै कागजात आरोप पुष्टि हुने र कुनै पनि कागजात नक्कली नभएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए ।
‘जाहेरी परिसकेपछि अहिले जिल्ला प्रशासन कार्यालयमा अभिलेख कागजातको खोजी कार्य तथा सूचना संकलनमा लागीसकेका छौं,’ उनले भने, ‘छोरी रुवीना श्रेष्ठ र बुवा राजेशमान सिंह भन्ने नागरिकता अहिले मिडियामा आइरहेका सबै अभिलेख यहाँ कार्यालयको ढट्टामा भेटिएको छ ।
उजुरीका आधारमा अहिले जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता दिने समय चाहिने पुरक कागजातको खोजी सुरु भएको छ । ती कागजातहरू फेला पर्नासाथ नागरिकताको वास्वविकता पत्ता लाग्ने सहायक सिडियो लम्सालले बताए । नागरिकताको प्रतिलिपि पनि जारि भएको उनको भेटिएको उनको भनाइ छ ।
‘यस विषयमा अहिलेसम्म छुट्टै छानबिन समिति बनाइएको छैन, तर कार्यालयको काम संगसगै यसका आवस्यक कागजातहरूको पनि खोजी कार्य सुरु भइसकेको छ,’ उनले भने ।
मेयर सिंहको नक्कली नागरिकताको कागजात बाहिरिएपछि पहिलो दिन मंगलबार कारबाहीको मांग गर्दै पनि जिल्ला प्रशासन कार्यालय पर्सामा नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति मोहम्मद सहाबुदिनले जाहेरी दरखास्त दर्ता गराएका थिए भने बुधबार सचेत नागरिक समाज वीरगन्जले छानबिन प्रक्रिया अगाडि बढाउन १५ जनाले समूहिक रूपमा उजुरी दिएका दिए ।