पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

गौशाला २६ की ‘रुम पाटनर’को बयान- सन्दीपलाई भेटेपछि लाइफकै खुशीको पल भनेकी थिइन्

२०८० माघ २१, आईतबार १४:४८ बजे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भई सजाय कायम भइसकेको छ । जिल्ला अदालत काठमाडौंले लामिछानेलाई आठ वर्ष जेल सजायसहित पाँच लाख रुपैयाँ जरिवाना र क्षतिपूर्ति भराउने गरी फैसला गरेको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले जाहेरवाली किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगिसकेको ठहर गरे पनि असमान हैसियतका कारण करणी गरेको ठहर गरेको हो । उनले त्यो जबरजस्ती करणी भएको ठहर हुने फैसला सुनाएका थिए ।

अदालतले सार्वजनिक गरेको फैसलामा पीडित किशोरी गौशाला २६ की ‘रुम पाटनर’को बयान सार्वजनिक भएको छ । जसमा गौशाला २६ ले आफूलाई घटनाबारे सबै जानकारी दिएकी बताएकी छन् ।

“घटना भएको भनिएको भोलिपल्ट बेलुका करिब ५ बजेतिर म आफ्नो अफिसबाट फर्केपछि निजसँग हामी बस्ने कोठामा नै भेट भएको थियो, उक्त दिन निज एकदमै खुशी देखिन्थिन्, निज खुसी हुँदै म र हामीसँगै बस्ने अर्को रूममेटलाई समेत मैले सन्दीप लामिछानेलाई भेटे हामी हिजो नगरकोट गयौँ मेरो लाइफको सबैभन्दा खुशीको पल नै हिजो थियो भनेर भनेकी थिइन्,” उनले भनिन्, “अनि मैले अरु के के कुरा भयो Sponsorship को कुरा गर्यो त भनेर सोध्दा उसले मलाई परिवारको बारेमा कुराकानी भयो, अनी मैले आफ्नो पारिवारिक तथा आर्थिक लगायतका सबै कुराहरु भनेँ भनेकी थिइन् ।”

यस्तै, उनले पीडित गौशाला २६ सँग आफ्नाे सामान माग्दा एक पुरुषले फोन गरी तेरोविरुद्ध अदालतमा मुद्दा चल्छ भनेर धम्की दिएको बताएकी छन् ।

गौशाला २६ सँग होस्टेलमा सँगै बस्ने किशोरीको बयान

म हाल आँगन गर्ल्स होस्टल पुरानो बानेश्वरमा बस्छु । पीडित र म सँगै एउटै कोठामा बस्ने रुममेट भएकोले निजलाई मैले २०७९ सालको बैशाख अन्तिमदेखि चिन्दछु । पीडित निजको ब्वाईफ्रेन्ड भेट्न आएको समयमा निज होस्टलसम्म लिन आएर पीडित र निजको ब्वाईफ्रेन्ड घुम्न जाने गर्दथे । कोठामा भएको समयमा पनि निज फोनमा धेरै नै व्यस्त हुने गर्थिन ।

निज मसँग नजिक थिईन् र आफ्नो सबै कुराहरु ‘मसँग खुलेर भन्ने गर्थिन । घटना भएको भनिएको दिन भन्दा अघिल्लो दिन नै निजले मलाई म भोलि सन्दिप लामिछानेलाई भेटेर सँगै नगरकोट जाँदैछु भनी भनेकी थिईन् । अर्को दिन मिति २०७९।०५।०५ गते म विहानै अफिस गई सन्चो नभएको कारण अफिस टाईमभन्दा छिटो नै होस्टेल आईपुगेकी थिएँ । म आउनुभन्दा अगावै पीडित भनिएकी व्यक्ति रुममा पहिलै आईसकेकी थिईन् । म आउने वित्तिकै निजले हतार हतार दिदी म सन्दिप लामिछानेलाई भेट्न जाने हो मलाई रेडी गराईदिनुस भनेर भनेकी थिईन् ।

निजलाई तिमी किन सन्दिप लामिछानेलाई भेट्न जान लागेको हो भनी भन्दा निजले आफुलाई होस्टल फी र अन्य खर्चको लागि स्पोन्सरसिप चाहिएको हुँदा र भोली नै सन्दिप लामिछाने २ महिनाको लागि बाहिर जान लागेको हुँदा आजै भेटेर कुरा गर्नुछ भनेकी थिईन् । म आफु मेकअप आर्टिस्ट भएको कारणले उसले भने अनुसार मेकअप गरिदिएकी थिएँ ।

निजले वानपिस लगाएर जान लागेकोमा मैले फर्मल भएर जाउ भन्दा निजले मसँग फर्मल ड्रेस छैन तपाई दिनुस भनेर मागेकी थिईन् । मैले मेरो कालो रंगको जिन्स पाईन्ट, ग्रीन कलरको क्यामी टप अनि वाहिरबाट सेतो सर्ट दिएर लगाएकी थिईन् । मैले निजलाई उक्त दिन लगाउन दिएको कपडाहरु मैले आज अदालतमा आउदा सँगै लिएर आएकी छु । कपडाहरु मसँग सुरक्षित नै छ । मैले सन्दिप लामिछानेलाई मेरो उमेर २० बर्ष भनेकी छु सानी देखिन्छु अग्लो हिल लगाएर जान्छु भनी आफ्नै हिल लगाएर गएकी थिईन् ।

फोनमा कुरा हुँदा पीडितले मलाई लिन ग्लोबल कलेज अगाडी आउन भन्दै बेलुका करिब ७:०० बजेतिर निस्केकी थिईन् । सन्दिप लामिछानेलाई भेटिसकेपछि निजले मलाई कल गरेर दिदि मैले सन्दिप लामिछानेलाई भेटें म गाडीमा छु हामी नगरकोट नै जान लागेको मलाई आउँदा ढिला हुन्छ होला म आएपछि कल गर्छु होस्टलको ढोका खोलिदिनुहोला है अनि यो बारेमा होस्टलको अन्टीलाई थाहा नदिनुहोला र म सन्दिप लामिछानेसँग नगरकोट जान लागेको कुरा मेरो ब्वाईफ्रेन्डले सोध्यो भने नभनिदिनु भनेकी थिईन् ।

निज पीडित रातीको ९:०० बजेसम्म नआएपछि मैले निजलाई फोन गरेकोमा सम्पर्क हुन नसकेपछी वाट्सएपमा राती ९:३८ मा म्यासेज गरेकी थिएँ । त्यसपछी फेरी १०:५८ मा फोन गर्दा फोन गएको थियो तर निजले रिसिभ गरिनन् । त्यसपछी करीब २ मिनेटभित्र उसले वाट्सएपमा मलाई हजुर दिदि भनेर रिप्लाई गरेकी थिईन् । लगत्तै मैले Kahi भन्दा उसले रिप्लाईमा He left one sathii ko ghar ma will be staying there today, I am safe, unke care भन्दा मैले Tok you too take care भनेर रिप्लाई दिए ।

त्यसपछी पुनः निज पीडितले Did called you भनेर मलाई म्यासेज गरेकी थिईन् । निज पीडितको व्वाई फ्रेन्डले मलाई निज पीडित कहाँ छ भनेर सोधेको थियो तर निज पीडितले निज सन्दिप लामिछानेसँग घुम्न जाने कुरा ब्वाई फ्रेन्डलाई नभन्नु भनेको हुँदा मैले सो कुरा निजको ब्वाई फ्रेन्डलाई भनिन । घटना भएको भनिएको भोलिपल्ट मिति २०७१।०५।०६ गते बेलुका करिव ५.०० बजेतिर म आफ्नो अफिसबाट फर्केपछी निजसँग हामी बस्ने कोठामा नै भेट भएको थियो । उक्त दिन निज एकदमै खुशी देखिन्थिन् । निज खुसी हुँदै म र हामीसँगै बस्ने अर्को रूममेटलाई समेत मैले सन्दिप लामिछानेलाई भेटे हामी हिजो नगरकोट गयौँ मेरो लाईफको सबैभन्दा खुशीको पल नै हिजो थियो भनेर भनेकी थिईन् ।

अनी मैले अरु के के कुरा भयो Sponsorship को कुरा गर्यो त भनेर सोध्दा उसले मलाई परिवारको बारेमा कुराकानी भयो अनी मैले आफ्नो पारिवारिक तथा आर्थिक लगायतका सबै कुराहरु भनें भनेकी थिईन् । सो कुराकानी भएको भोलिपल्टदेखि नै निज पीडितले सन्दिप लामिछानेको नाउँको जर्सी लगाएर ल्यापटपमा खुसी भएर हुटिङ गर्दै क्रिकेट हेरेर बस्ने गर्दथिन् । सोबाट हामी सँगै रुममा बस्ने अन्य साथीहरुलाई समेत डिस्टर्ब भएको कारणले निजलाई हल्ला नगर एयर फोन लगाएर क्रिकेट हेर भनेर भनेको हुँदा त्यसपछि निजले हाम्रो कोठा बाहिर लिभिङ्ग रुमको सोफामा बसेर क्रिकेट लगातार हेर्ने गर्दथिन् । निज त्यती धेरै खुसी भएको त्यो भन्दा पहिला मैले देखेकी थिईन ।

त्यो बीचमा निजको ब्वाई फ्रेन्डसँग पनि निजको भेट हुने गर्थ्यो । मिति २०७९ । ०५ । १४ गते तिजसम्म निज एकदमै खुशी थिईन् । उक्त १४ गते बेलुका मलाई निजले म भोली पोखरा जानुपर्ने भयो तपाईंसँग पैसा छ भने मलाई दिनुस भनेर भनेकी थिईन् । मैले किन एक्कासी पोखरा जान लाग्यौ भनेर सोध्दा ममी बाबाको मुद्दामा ममीको साक्षी म बस्न जान लागेको हो मेरो दाईको पारा तपाईलाई थाहा नै छ दाई जाँड खाएर हल्लिदै बस्छ घरको कसैको पनि वास्ता छैन भनेकी थिईन् । निजको दाईले पहिला पनि बारम्बार निज होस्टलमा बस्दा फोन गरेर मलाई पैसा पठाईदे कि तेरो ममीलाइ भन्दे भनेर फोन मार्फत दबाब दिईरहेको कुरा निजले रुँदै मलाई सुनाएकी थिईन् ।

त्यसको भोलिपल्ट विहानै निज पीडित पोखरा जानको लागि उठिन् म पनि अफिस जानको लागि बिहानै उठेर निज कोठाबाट निस्किनु अगाडी मैले निजलाई पैसा दिएँ । निजले पोखरा जानेबेलामा हामी सँगै बस्ने अर्को रुममेटको कपडा निजलाई नसोधि लगाएर गएको कुरा मैले मेरो अर्को रूममेटले भनेपछी थाहा पाएकी हुँ । त्यसपछी निज २०७९।०५।१८ गते पोखराबाट फर्कीएर बेलुका होस्टलमा आईपुगिन् । सो समयमा निजले आफ्नो कपाल काटेर छोटो बनाएकी थिईन् । सबैले सोध्दा ममीले काट्न भनेकोले काटेकी हुँ भनेकी थिईन् । अर्को दिन बिहानै उठेर निजले अर्को रूममेटकै कपडा लगाएर निस्किएर एकैपटक बेलुका होस्टलमा आईपुगेको कुरा मैले अर्को रुममेटबाट थाहा पाएँ ।

त्यसैगरी सोमबार विहानै वाहिर गएर बेलुका होस्टलमा आईन् । खाना खाएर निज बाहिर हलको सोफामा बसेर म रुमभित्र भएको मान्छेलाई उनले टेक्स्ट गर्दै Disi Hanimo yo vanda aagadi ho whatsapp to text ke chha malai ss garera pathaunu na fast mero me koi naraichha भनेर रातीको १०.०० बजे म्यासेज गरिन् । लगत्तै मैले रुमबाट नै Kinara भनेर रिप्लाई गरे । उसले सोको रिप्लाईमा chaliyooooo tel bhayera, dit tah garnu bha chait भनेकी थिईन् । त्यसपछी मैले massage kina chayeo theri saina mero maas भन्दा उसले रिप्लाईमा Bastu fucktak you deleted? Thikta chhana] भन्दा मैले भनेर रिप्लाई गरे तर मैले त्यो भन्दा पहिलाको म्यासेजहरु डिलिट गरेकी थिईन । सो म्यासेजहरु हालसम्म पनि म सँग सुरक्षीत नै छ ।

त्यसको भोलिपल्ट विहान उसले मलाई दिदी मलाई तपाईंको व्याग दिनुस न भनेर मागिन् त्यसबेला निजको हातमा निजको नागरिकता र अन्य कागजहरु समेत थियो । त्यही राख्न मागेको हुँदा मैले हुन्छ भनें । त्यसपछि व्यागभित्र सामानहरु राखेर म नजिकै आएर बसेर दिदी मेरो लफडा चलिराछ त्यहि कारणले म यताउता गर्न परिराको हो त्यही भएर पनि कलेज छुटिराछ भनेर मलाई भनिन् ।

त्यतिकैमा उसको मोबाईलमा कसैको कल आयो सोही फोनमा कुरा गर्दै गर्दा निज आफैले यो मुद्दा हालेपछि यत्तिकै नि १०/१५ लाख पैसा आइहाल्छ अनि मलाई ढुक्क हुन्छ भनेर भनिरहेकी थिईन् । सो फोन गर्ने व्यक्ति को थियो मलाई थाहा छैन । कुरा गर्दै गर्दाको कुरा मैले सुनें । त्यतिकैमा निजसँग मैले कुरा गर्न खोजेको थिएँ तर निज हतार हतारमा झोला बोकेर फोनमा कुरा गर्दै बाहिर निस्किइन् । निजले मेरो लुगा लगाएर ब्याग लिएर सँगै पैसा सापटी लगेर होस्टेलबाट निस्केको र मेरो रुममेटको लुगा पनि लिएर गएको हुँदा र मैले निजको ब्वाईफ्रेन्डलाई टेक्स्ट गरेर निज कहाँ छ हाम्रो लुगा र पैसा फिर्ता माग्दा निजको ब्वाइफ्रेन्डले डेंगो भएर दिदीकोमा छ दिदीको नम्बर पठाईदिन्छु कुरा गर भनेको थियो ।

त्यसपछि दिदीको नम्बरमा कल गर्दा लुगा अहिले फिर्ता गर्न मिल्दैन केहि समयपछि फिर्ता हुन्छ भन्दा मैले हामीलाई हाम्रो लुगा र ब्याग १ हप्ता भित्र जसरी पनि चाहिन्छ भन्दा सो दिदीले अभद्र शब्दले गाली गरिन् । सोहि दिनको भोलिपल्ट विहान म अफिसमा हुँदा मोबाईल नम्बर ९८०१०७९८४० बाट केटा मान्छेले कल गरी तँ को होस जतिखेर पनि कपडाको कुरा गरेर कल गर्ने यहि विषयमा मैले मुद्दा हाले भने तेरो विरुद्ध अदालतमा मुद्दा चल्छ पीडितको विरुद्धमा अदालतमा बकपत्र गरिस् भने तेरो जिउ ज्यान माथि पनि खतरा हुन सक्छ भनी धम्काइएकोले बकपत्र गरेको कारण मेरो जीउ ज्यानको सुरक्षाको लागि अदालत समक्ष अनुरोध गर्दछु ।

निज पीडित १८ वर्ष कटिसकेको र नागरिकतामा उमेर कम राख्नुको कारण पछि सरकारी जागिर खानलाई सजिलो हुन्छ भनेर उमेर घटाएको हो भनी मलाई अगाडी नै बताएकी थिईन् भन्ने समेत बेहोराको प्रतिवादीको साक्षी सलिना शर्मा लामिछानेले अदालत समक्ष गरेको बकपत्र । (साभार: सुत्र न्युज)