पाठशाला न्यूज
 २०८२ मंसिर २९, आइतवार    

देशको स्वाधीनताको कुरामा कुनै कानुन र अदालत मान्नेवाला छैन –मेयर बालेन

२०८० आषाढ ७, बिहीवार १८:०६ बजे

काठमाडौं–काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले देशको सार्वभौमिकता र स्वाधीनताको कुरामा आफू कुनै कानुन र अदालतलाई नमान्ने बताएका छन् ।
मेयर साहले हिन्दी फिल्ममाथि लगाइएको रोकप्रति टिप्पणी गर्दै सामाजिक संजालमा यस्तो लेखेका हुन् । फिल्म लेखकले नै नेपाल भारतको अधिनमा रहेको थियो भनेकाले उनहिरूको नियत प्रष्ट भएको मेयर साहको भनाइ छ ।
भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए ।


‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनि सकेपछि उनीहरूको नियत थाहा हुन्छ। यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’
मेयर साहको निर्णयविरुद्ध चललित्र संघले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । अहिले मुद्दाको सुनुवाइ भइरहेको अदालतले जनाएको छ ।