पाठशाला न्यूज
 २०८१ बैशाख २५, मंगलबार    

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

२०८१ बैशाख ७, शुक्रबार ०६:२६ बजे

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज(शुक्रवार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३७ पैसा र बिक्री दर १३३ रुपैयाँ ९७ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्री दर १४२ रुपैयाँ ९६ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ १० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।