पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

राष्ट्रियसभा अध्यक्षका लागि दुईजनाको उम्मेदवारी दर्ता

२०८० फाल्गुन २८, सोमबार १२:४६ बजे

काठमाडौं-  राष्ट्रियसभाको भावी अध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ ।

संसदसचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार मा० नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन् ।

उनका प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र  मोहम्मद खालिद (जसपा) रहेका छन् ।

उता प्रतिपक्ष नेपाली कांग्रेसको तर्फबाट 

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा युवराज शर्माले उम्मेदवारी दिएका छन् ।

उनका प्रस्तावकमा आनन्द प्रसाद ढुङ्गाना

समर्थकमा किरणबाबु श्रेष्ठ र शेखर कुमार सिंह (लोसपा) रहेका छन्।