पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

प्रेस युनियन रौतहटको अध्यक्षमा शिवाकोटी,सचिवमा हुमागाईं

२०८० आषाढ ३, आइतवार १०:४३ बजे

रौतहट–नेपाल प्रेस युनियन रौतहट शाखाको छैठौं अधिवेशन अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनले प्रिमेश शिवाकोटीको नेतृत्वमा १३ जना कार्य समिती सर्वसम्मत रुपमा चयन गरेको हो ।
प्रेस युनियन केन्द्रीय प्रतिनिधी गणेश रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिबेशनले अध्यक्षमा प्रिमेश शिवाकोटी,उपाध्यक्षमा राजेश्वर पाण्डे खुल्ला र समावेसी उपाध्यक्षमा दिपु कुमार मिश्र,सचिवमा सागर हुमागाईं,उपसचिवमा राम प्रकाश चौधरी,कोषाध्यक्षमा लक्ष्मी बस्नेत चयन भएका छ्न भने सदस्यहरुमा राजेश पौडेल,बिश्नु आचार्य,बिबेक चौधरी,मो.मोजिबुल्लाह,मनोज यादब,मो.ओजिर आलम र प्रेम यादब चयन भएका हुन । अधिबेशनमा नेपाल पत्रकार महासङका केन्द्रिय सदस्य शिब पुरी,प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्की,निवर्तमान अध्यक्ष यादबराज पुरीको आतिथ्यता रहेको थियो ।