पाठशाला न्यूज
 २०८१ बैशाख १३, बिहीबार    

नेविसंघ रौतहटको अध्यक्षमा लामिछाने

२०७९ पौष १५, शुक्रबार २१:०३ बजे

दिपु मिश्र

चन्द्रनिगाहपुर - नेपाल विद्यार्थी संघ रौतहट जिल्लाको अध्यक्षमा विद्यार्थी नेता अधिकार लामिछानेलाई जिम्मेवारी दिइएको छ । शुक्रबार नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिका अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थी नेता अधिकार लामिछानेलाई नेविसंघ रौतहट अध्यक्षको रुपमा जिम्मेवारी दिएका हुन । लामो समय देखि  नेविसंघ रौतहटको अध्यक्षको पद रिक्त भएको र ३२ बर्ष उमेर हद पनि आकर्षित भएकोले नेविसंघको बिधान २०२७ को छैटौं संशोधन २०७५ बमोजिम तीन महिना भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरि विद्यार्थी नेता लामिछानेलाई नेविसंघ रौतहटको अध्यक्षको जिम्मेवारी दिइएको केन्द्रिय कार्यसमिति अध्यक्ष शेर्पाले पाठशाला न्युज लाई जानकारी दिएका छ्न ।

विद्यार्थी नेता लामिछाने बिगत लामो समय देखि विद्यार्थी राजनीतिमा अब्बल र सक्रिय रहेका छन । नेविसंघको विधि बिधानमा र मर्यादा भित्र रहेर संघलाई थप उचाइ र गतिशील बनाउने विद्यार्थी नेता लामिछानेको भनाइ रहेको छ । उनी  बिपि कोइराला युवा नेतृत्व बिकास मञ्च रौतहटका अध्यक्ष समेत रहेका छ्न ।