पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

रौतहट प्रहरीद्वारा फरारको सूचीमा रहेका २८० अभियुक्त पक्राऊ

२०८० माघ ५, शुक्रबार ०९:५० बजे

रौतहट : लामो समय देखि फरारको सूचीमा रहेका २८० जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भइसकेर पनि फरारको सूचीमा उनीहरूलाई चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्त पक्राऊ गरिएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
कर्तव्य ज्यान, डाँका,चोरी, सवारी ज्यान, जबरजस्ती करणी, ठगी, लगायत विभिन्न मुद्दामा संलग्न रहेका ती अभियुक्तहरूलाई अदालतको आदेश अनुसार कैद भुक्तानीको लागि जिल्ला कारागार लगायतको निकायमा पठाइएको एसपी श्रेष्ठले जानकारी दिए ।